• २०८३ बैशाख ११ गते शुक्रवार

नेपालमा कोरोना संक्रमित प्रहरीको संख्या २ हजार ३२ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १९ , काठमाडौँ । नेपालमा कोरोना संक्रमित प्रहरीको संख्या २ हजार नाघेको छ । हालसम्म प्रहरीमा दुई डीआईजीसहित कोरोना संक्रमितको संख्या २ हजार ३२ पुगेको छ । जसमध्ये १२ सय १२ जना सक्रिय संक्रमित छन् । ८ सय २० जना उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत ८९ र काठमाडौं उपत्यकाका ५२४ जना सक्रिय संक्रमित छन् । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा २०२, प्रदेश २ मा ११४, वाग्मती प्रदेशमा ५५, गण्डकीमा ८०, प्रदेश ५ मा ९३, कर्णाली प्रदेशमा ४० र सुदूरपश्चिम प्रदेशमा १५ जना सक्रिय संक्रमित छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस