• २०८३ जेष्ठ २४ गते आइतवार

साङ्लामा एकै परिवारका २ जनामा कोरोना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १९, काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं १ मा एकै परिवारका दुईजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तारकेश्वर साङ्लामा स्थित छापमा अन्दाजी २८ बर्षका पुरुष र उनका ६५ वर्ष बुबा लाई कोरोना संक्रमण भएको हो ।

केही समय अघि अस्पताल भर्ना भएका ६५ वर्षिय वृद्धलाई छाउनी अस्पतालबाट ग्राण्डी अस्पतालमा सारिएको छ भने छोरा होम आइसोलेसनमा बसेका छन् । हाल सो क्षेत्र शिल गरिएको साङ्ला प्रहरी प्रमुख जाली नारायण श्रेष्ठले बताए । सो श्रेत्रमा बस्ने मानिसलाई ५ दिन पछि कन्ट्राक्ट ट्रेसीङ्ग गरि थप सुरक्षा सर्तकता अपनाउने वडा अध्यक्ष बिदुर सापकोटाले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस