• २०८३ भाद्र ६ गते शनिवार

अष्ट्रेलियाको विदेश यात्रा प्रतिबन्ध तीन महिनाका लागि थप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १९,एजेन्सी ।अस्ट्रेलियाले लगाएको अन्तर्राष्ट्रिय यात्रा तथा क्रुज जहाज सम्बन्धी प्रतिबन्ध अर्को तीन महिनाका लागि थप गरिएको हो । अहिलेको मानव तथा जैविक सुरक्षाको आपतकालीन अवस्थालाई मध्यनजर गर्दै सो प्रतिबन्ध थप गरिएको अष्टेलियका स्वास्थ्यमन्त्री ग्रेग हन्टले जानकारी दिए।आपतकालीन अवस्थामा रहेका क्रुजजहाज तथा मार्च १५ अघि अस्ट्रेलिया छाडेका जहाजलाई सो नियम लागू हुने छैन ।

त्यसैगरी सो प्रतिबन्ध गत मार्च २५ मा लागू भएसँगै अस्ट्रेलियन नागरिक प्रतिबन्ध आगामी डिसेम्बर १७ तारिखसम्म लागू तथा पिआरधारीहरूलाई अन्तर्राष्ट्रिय यात्रा गर्न रोक लगाइएको छ । हुने कुरा स्वास्थ्यमन्त्री ग्रेग हन्टद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस