• २०८३ बैशाख १६ गते बुधवार

गजल

सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

परदेशमा गई सुखःपाउँने ठहर थियो,
आफ्नो ईक्ष्या भन्दा पनि कहर थियो।

आँखाभरी आँसु सुकेका ति ओँठहरु,
बाल मज्दुर भाको दुष्टकै सहर थियो।

काटे जब सिमाना थिए म एक्लो तर,
बिदेशि भुमी आफु जस्तै लहर थियो।

उज्यालोको खोजिमा गल्लि गल्लिमै,
अन्धकारले भरिएको दोपहर थियो।

महिनौ काम बिना फुट फाटको बास,
जस्तो पाए पनि काम गर्ने रहर थियो।

शंघर्षले भरीएको यो परदेशी जिवन,
धनीको बचनमा उक्लिने जहर थियो।

Sharing

प्रतिक्रिया दिनुहोस