असार २०, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रसतनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट हटाउँछु भन्ने सपना मनको लड्डु खाए जस्तो मात्र भएको बताउनुभएको छ ।
प्राइम टेलिभिजनमा अन्तरवार्ता दिँदै उहाँले नेकपाको स्थायी कमिटीकको बैठकमा प्रधानमन्त्री ओलीलाई दुवै पदबाट राजिनामा माग्नु गैर राजनीतिक तरिका भएको बताउनुभयो । सरकारले पार्टीको निर्णय मान्छ तर गुटको निर्णय सरकारले नमान्ने बताउँदै उहाँले केपी ओलीको सरकार ढाल्न गरिएको घृणीत प्रयास गर्नु अध्यक्ष प्रचण्डको गम्भीर गल्ती भएको औंल्याउनुभयो । केपी ओलीलाई अलोकप्रिय भन्ने हल्ला गलत, प्रोपगाण्डाको लागि हल्ला गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘बनले नदेखेको बाघ र बाधले नदेखेको बाघ भनेजस्तै सवैको कार्यकाल हेरेका छौं । म चै दुधले नुहाएकोले राम्रो अरुचाही नराम्रो भन्नु सरासर गतल हो ।’
प्रचण्ड र माधव नेपालको दुईवटा गुटले ओलीलाई निकाल्छु भन्ने दिवा सपना भएको बताउँदै उहाँले आफु राष्ट्रपति बन्नलाई वर्तमान राष्ट्रपतिलाई महाअभियोग लगाउने भन्ने योजना हास्यास्पद भएको समेत बताउनुभयो । पद विभाजन गर्दै स्वार्थको खेल प्रचण्डले गरेको बताउँदै उहाँले पूर्वमाओवादी पनि पार्टी एकताको पक्षमा रहेको, पार्टी एकतालाई खलल पुर्याउनु नहुने पक्षमा रहेको जानकारी दिनुभयो । पार्टी एकतालाई सुदृढ बनाएर अघि बढेको भए प्रचण्डलाई फाईदा हुने तर अन्य चलखेल भए प्रचण्डलगायको टिममा दुर्घटना हुने चेतावनी दिँदै उहाँले भन्नुभयो, ‘पूर्वएमालेमा खेलेर सवै गुटको नेता बन्ने खेल प्रचण्डले खेलेको तर सफलता हुने सम्भावना छैन ।’

एजेण्डावाईज छलफलमा ओली जहिलेपनि दृढ रहेको बताउँदै उहाँले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पद ओलीले नछोड्ने स्पष्ट पार्नुभयो । देशभर ओलीको पक्षमा जनलहर, विपक्षी दलले समेत मुलुकलाई दुर्घटना हुन दिनुनहुने पक्षमा रहेको उल्लेख गर्दै उहाँले अस्वस्थ्य प्रतिपर्धा हुनु अनावश्यक रहेको स्पष्ट पार्नुभयो । राजिनामा माग्नेको राजनीतिक छविमा दाग लागेको बताउँदै उहाँले एक दर्जन नेताले गुटवन्दीको भरमा पद बाँडफाड गरेकाले कुनै अर्थ नहरने, जनताले त्यसलाई टोडिदिने बताउनुभयो । सरकार परिवर्तन हुँदै भन्ने जनमत भएको उल्लेख गर्दै उहाँले कुनै पनि हालतमा प्रधानमन्त्री ओलीले दुवै पद नछोड्ने र सरकार पनि परिवर्तन नहुने बताउनुभयो ।

प्रचण्डको गुटमा बामदेव र राम बहादुर थापा नभएको बताउँदै उहाँले ओलीको राजिनामाको विपक्षीमा बामदेव रहेको स्पष्ट पार्नुभयो । उहाँले पार्टीमा योगदानको आधारमा नेता गौतमको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पदको दावेदार भएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीमा उहाँको योगदान अतुलनीय छ । अध्यक्ष तथा प्रधानमन्त्रीको दावी बामदेव गौतमले गर्नु स्वाभाविक हो । योगदानलाई कदर गर्नुपर्छ ।’