जेठ २२, काठमाडौँ । प्रदेश नम्बर २ का एक जना प्रहरी सहायक निरीक्षक (असई)सहित चार जना प्रहरीलाई निलम्बन गरिएको छ । सर्लाहीको विष्णु गाउँपालिकास्थित बबाल दोहन प्रहरी चौकीमा कार्यरत चारै जनालाई बुधबार निलम्बन गरिएको प्रदेश नम्बर २ का प्रदेश प्रहरी प्रमुख डिआइजी धिरज प्रताप सिंहले जानकारी दिए ।
निलम्बनमा पर्नेमा प्रहरी सहायक निरीक्षक राजाराम ठाकुर, प्रहरी हवल्दार विजय साह , चुनरमण चौरसिया र प्रहरी जवान अरुण तिवारी रहेका छन् ।भ्रष्टाचार विरूद्धको शून्य सहनशीलता र आर्थिक अपराधविपरीत उनीहरूले तस्करलाई सहयोग पुर्याएको अभियोगमा निलम्बन गरिएको डिआइजी सिंहले बताए । निलम्बन गरिएकाहरूको विषयमा प्रहरीले थप अनुसन्धान जारी राखेको डिआइजी सिंहले बताए ।