• २०८३ असार ६ गते शनिवार

लकडाउन प्रहरीको लागि मात्र होइन, नागरिकको सुरक्षाको लागि हो : डिएसपी सिंह

सागर थापा पढ्न लाग्ने समय : २ मिनेट

जेठ २२, दाङ । ईलाका प्रहरी कार्यालय तुल्सीपुरमा भर्खरै सरुवा भएर आउनु भएका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले लकडाउन प्रहरीको लागि मात्र नभएर हामी सबै नागरिकहरुको सुरक्षाको लागि भएको बताउनु भएको छ । उहाँले यसलाई हामी सबैले पालना गर्न जरुरी भएको बताउदैं भन्नुभयो देश अहिले विश्वभर फैलिएको कोरोना भाइसरलाई अन्त गर्न यसको उपचार भनेको लकडाउननै हो ।

खबर24नेपालसगँको कुराकानीमा उहाँले तुल्सीपुर क्षेत्रमा हुने खोलाहरुमा अबैध नदिजन्य उत्खनन, लागू औषध पुर्ण नियन्त्रण ,होटलहरुमा हुने योन, धन्दा गुन्डागर्दी, ठगी तस्करी फरार अपराधीहरुलाई खोजी कार्वाहीको दायरामा ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो अपराधको हबको रूपमा परिचीत रहेको तुल्सीपुर पश्चिम क्षेत्रलाई अब सुन्यमा झार्ने छु।

तुल्सीपुर क्षेत्रमा रहेको खोलाहरुबाट अबैध नदि जन्य उत्खनन लाई नियन्त्रण र अबैध क्रसर उद्योग माथि कडा निगरानी कडाइका साथ लागेर निर्मुल पार्ने, दाङमा भित्रिने लागूऔषध कारोबारीलाई कडाइको साथमा चेकजाँच र फेला परे कडा कार्वाही दायरमा ल्याउने र सानालाई एन ठुलोलाई चैन हुन नदिने जनतामुखी भएर सेवा प्रभाव गर्ने प्रतिबद्धता स्पष्ट साथ उहाँले राख्नु भयो । उहाँले नागरिकहरु सङ्ग प्रहरी मेरो साथी जस्तो व्यबहार गर्न निर्देशन दनिुका साथै दाङ लगायतको कार्य क्षेत्रभित्र दादागिरी, जुवातास, होटलमा हुने यौन धन्दा, ठग घुसखोरी लगायत अपराधिक क्रियाकलाप गर्ने लाई निगरानीमा तथा खोजतलास गरि कानुन दायरामा ल्याउने बताउनु भयो ।

जेठ २० गते ईलाका प्रहरी कार्यालय तुल्सीपुरमा सरुवा भई आउनु भएको प्रहरी प्रमुख डिएसपी सिंहले बोलेर भन्दा काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्दै जनता सङ्ग सहकार्य र सम्मन्बय गरि अगाडि बढने भन्दै अउाँले जनताको सेवामा २४ औ घन्टा आफू काम गर्न तयार रहेको जिकिर समेत गर्नुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस