जेठ २२, नवलपरासी । सुनवल नगरपालिका वडा नं ७ चार पालाका मृगौला पीडित शेरबहादुर परियारको उपचारका लागि सहयोग रकम प्राप्त भएको छ । सो रकम शिखा मिडिया प्रा.लि द्वारा संचालित दर्पण टिभी नेपाल मार्फत पठाउनु भएको थियो। सो रकम दर्पण टिभी नेपालका अध्यक्ष एबम सन्चालक विमल भट्टराईले मिर्गौला पीडित परियारको घरमा पुगि हस्तान्तरण गर्नु भएको हो ।

स्याङ्जा जिल्ला श्रीकृष्ण गण्डकी गाउँपालिका वडा नं ५ भगवती टोल जन्म भई हाल अमेरिका कोलोराडो निवासी भुवन भट्टराई र श्रीमति राधा भट्टराई तथा रुपन्देही देबदह नगरपालिका वडा नम्बर छ बैकुण्ठ नगर हाल अमेरिका कोलोराडो निवासी लक्षमण तिवारी र श्रीमति लक्ष्मि तिवारीले नगद रु तीस हजार रुपैया सहयोग गर्नु भएको हो ।
सो अबसरमा बोल्दै भट्टराईले लकडाउनको यस्तो अबस्थामा बिदेशमा समस्या परे पनि सहयोग गरेकोमा खुशी व्यक्त गर्नु भएको थियो । त्यस्तै बिपि ढकालले इच्छुक सबैले परियार लाई सहयोग गर्न आग्रह गर्नु भएको छ । परियारकि श्रीमतीका अनुसार उहाँको उपचारको लागि अहिलेसम्म करिब ३ लाख रुपैया खर्च भइ सकेको छ ।अहिले डायलासिस गरिरहेको बताउदै पर्त्यारोपणका लागि करिब १७ लाख रुपैया लाग्ने उहाँले बताउनु भयो ।
तपाईहरु पनि सहयोग गर्न चाहनहुन्छ भने निम्न नबरमा सम्पर्क गर्न सक्नुहुन्छ ।
शेर बहादुर परियार
बैंक खाता नम्बर ०१०७०१००००९४५ (ग्लोवल बैक)
उहाँको नम्बर ९८२७४६२६६५ र दर्पण टिभी नेपाल र शिखा मिडिया प्रा लि ९८५७०४६५६९ र ९८६७०००२६९