• २०८३ असार १७ गते बुधवार

मुगुमा ७१ वर्षिय वृद्धले १६ वर्ष पछि नागरिकता पाए

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

मंसिर १८, मुगु । मुगुमा एक वृद्धले १६ वर्ष पछि ७१ वर्षको उमेरमा नेपाली नागरीकताको प्रमाण पत्र पाएका छन् । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिका वडा नं ३ भिईका सिंगे बुमिले ७१ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाण पत्र पाएका हुन ।

बुधवार जिल्ला प्रशासन कार्यालय मुगुमा आएका बुमिले ईलाका प्रशासन कार्यालय सोरुकोटका का ईलाका प्रमुख खड्ग बहादुर बस्नेतको हात बाट आज उहाले सो प्रमाण पत्र पाउनु भएको हो । छिमेकि देश भारतमा ज्याला मजदुरीका लागि गएका बुमि १६ वर्ष पछि ७१ वर्षको उमेरमा हातमै नागरिकता पाउदा अब राज्य बाट प्रदान हुने सबै सेवा सुविधा पाउने उहाको विश्वास रहेको छ ।

यो भन्दा अगाडी उनले कुनै पनि सेवा सुविधा पाएका थिएनन् । ईलाका प्रमुख बस्नेतका अनुसार ४ वर्ष सम्म कार्यालय सहयोगिको भरमा सञ्चालन हुदै आएको ईलाका प्रशासन कार्यालयले बल्ल प्रमुख पाए पछि अब ईलाका प्रशासन बाटै सहजै रुपमा सोेरु बासिले नागरिकता पाउने उनले विश्वास गर्नु भएको छ ।

बुधवार बाट एक अनौपचारिक ढंग बाट प्रदान गरिएको नागरिकता हिजो १६ वर्र्षीय र ७१ वर्षिय वृद्धले नागरिकता पाएका थिए । प्रशासन बाट यहि आईतवार बाट नागरिकता वितरणमा शुभारम्भ हुने पनि उनले जानकारी दिनु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस