• २०८३ बैशाख ११ गते शुक्रवार

भारतमा पछिल्लो २४ घण्टामा ४९८ संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १८, एजेन्सी। भारतमा पछिल्लो २४ घण्टामा ४९८ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै भारतमा संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३८ हजार ६५७ पुगेको छ । यस्तै त्यहाँ कोरोना संक्रमितको संख्या पनि ९५ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ३३ हजार ७६१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको पछिल्लो वृद्धिसँगै भारतमा कोरोना संक्रमितको संख्या ९५ लाख ३३ हजार ४७१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८९ लाख ७० हजार १०४ जना संक्रमणमुक्त भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस