• २०८३ असार ६ गते शनिवार

राष्ट्रिय युवा सघंद्धारा शहरी विकास मन्त्रीलाई शुभकामना व्यक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १८, काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) निकट युवा संगठन राष्ट्रिय युवा सघ काठमाडौंले नव नियुक्त शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठलाई शुभकामना तथा बधाई व्यक्त गरेको छ । मन्त्री क्वाटर पुल्चोकमा पुगि काठमाडौंका युवा नेताहरुले शुभकामना दिनुभएको हो ।

राष्ट्रिय युवा सघं नेपालका केन्द्रिय सदस्य तथा काठमाडौं इन्चार्ज शिवकुमार महर्जनको नेतृत्वमा गएको युवाहरुको टोलीलाई शहरी विकास मन्त्री श्रेष्ठले आफु काठमाडौंको नौ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित भएर संघिय सांसद हुदैं मन्त्री भएकाले समग्र देशको लागि राम्रो काम गर्ने बचन दिदैं कहिकतै त्रुटि हुन पुगेमा सच्चाउन समेत अनुरोध गर्नुभयो । उहाँले नेकपाको विवाद बाहिर आएजस्तो नभएपनि जसले विवाद गर्छ उनिहरुनै सकिने बताउनु भयो । उहाँले नेकपामा दुई अध्यक्षलाई नेकपाको जिम्मा दिएकोले दुई अध्यक्ष पाइलट बनेर नेकपा रुपी जहाजलाई उडाउनु पर्नेमा साना साना कुरामा अल्झिएर जनताको विश्वासमा घात गर्न नहुने बताउनु भयो ।

शुभकामना दिन राष्ट्रिय युवा सघं नेपालका केन्द्रिय सदस्य तथा काठमाडौं इन्चार्ज महर्जन सहित राष्ट्रिय युवा सघंका काठमाडौ सह संयोजक पेम्बा धले, महानगर कमिटीका संयोजक रुपेश मर्हजन सहित काठमाडौ जिल्ला कमिटीका नेताहरुको उपस्थिती रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस