कार्तिक १८, धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ ससाहमा स्कारपियो जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । धादिङबेसीबाट काठमाडौँ जाँदै गरेको बा १५ च ३५०४ नम्बरको स्कारपियो कालुपाण्डे मार्गको ससाहमा सडकबाट करिब एक सय मिटर तल थोपल खोलामा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पाँच जना घाइतेमध्ये गम्भीर घाइते दुई जनालाई हेलिकप्टेरबाट उपचारका लागि काठमाडौँ लगिएको छ । अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा मुक्तिनाथ विकास बैँक प्रदेश प्रमुख सुरेन्द्र श्रेष्ठ, मुक्तिनाथ विकास बैँक धादिङ शाखाका प्रमुख विनोद खतिवडा लगायत रहेको प्रहरीले जनाएको छ ।