• २०८३ जेष्ठ ६ गते बुधवार

थप एक कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १८, कास्की । पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पोखरा महानगरपालिका ५ का ५९ वर्षीया महिलाको गए राति ११ बजे मृत्यु भएको हो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोरोना उपचार केन्द्रमा गए राती उनको मृत्यु भएको अस्पतलाका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए ।
गत कात्तिक १४ गते उनमा कोरोना पुष्टि भएको थियो । मृतकमा कोरोनासँगै अन्य दीर्घ रोग समेत रहेको जनाईएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस