कार्तिक १८, कास्की । प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको सोमबार राति निधन भएको छ । उहाँको राति आफ्नै निवासमा निधन भएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका उहाँ लामो समयदेखि मधुमेह र उच्च रक्तचापका का बिरामी हुनुहुन्थ्यो । लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध उहाँ तीन वर्षअघि प्रतिनिधी सभा चुनावमा नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको थियो । केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्च हुनुहुन्थ्यो । केसी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बन्नु भएको थियो ।