• २०८३ बैशाख ७ गते सोमवार

गजल !मेरा गुरु ता मैले खाए का ठोक्कर भए, “त्यहि जीवनकै अँघि पछिका डगर भए”

सुरेश कुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

मेरा गुरु ता मैले खाए का ठोक्कर भए, त्यहि जीवनकै अँघि पछिका डगर भए।

हिँजो जस्ले तिरस्कार गर्थ्यो ह्यापथ्यो, अँगालोमै हाल्न आतूर त्यही सहर भए।

हो यूँहा सम्म पुराउँने बिषालु बचन हरु, मेरो जिवन सफरमा नै ठुलो

असर भए।

भोगे का एक एक घटना बसे छाति मा, रचनाका श्रोत बेसक तिनै कभर भए।

अन्धकार थियो कुनै निकाश नी नहुँदा, आज ता ती अन्धकार पनि कलर भए।

लेख्दै च्यात्दै गरेका तिनै रचनाहरु का, प्रतेक शब्दहरु यो बेला मा अम्मर भए। सुरेशकुमार पान्ड।०३-०९-२०२०,

Sharing

प्रतिक्रिया दिनुहोस