• २०८३ असार ११ गते बिहिवार

नेपालगञ्ज उपमहानगरपालिका ‘सिल’

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १९, बाँके । जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय ‘सिल’ गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्ष र वडा कार्यालयका सात कर्मचारीमा कोरोना देखिएपछि सङ्क्रमणको जोखिमका कारण अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले जानकारी दिए ।

भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा उपमहानगरपालिकाका अधिकृत लगायत ६ सहित नौ जनामा कोरोना पुष्टि भएको थियो । संक्रमण देखिएकाहरूमा एक जना अधिकृत, सरसफाई शाखा प्रमुख, वडा सचिव, आईटी ईन्जिनियर, कम्प्युटर अपरेटर, कर्मचारी, रहेका छन ।

https://khabar24nepal.com/2020/08/03/40353

Sharing

प्रतिक्रिया दिनुहोस