असार १९, काठमाडौं । बला’त्कार मुद्दामा पीडित भनिएकी महिलाले बयान फेरेकै आधारमा चितवन जिल्ला अदालतले एक महिना कैद र ६३ हजार रुपैयाँ प्रतिवादी युवकलाई क्षतिपूर्ति बापत दिनुपर्ने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजलासले पीडित भनिएकी युवतीले सुरुमा आफू ब’लात्कृत भएको भनेको र पछि बयान फेरेकै आधारमा कैद र जरिमाना हुने फैसला गरेको हो ।
१२ कक्षामा अध्ययनरत महिलाले अदालतमा बयान दिने क्रममा जब’र्जस्ती करणीको उद्योग नगरेको र घटनास्थल भनिएको होटेलमा आफूहरू नगएको भनी जाहेरी बेहोरा प्रतिकूल हुने गरी अदालतमा बकपत्र गरेकी थिइन् । सुरुमा युवतीले आफूलाई प्रतिवादी युवकले बला’त्कार गरेको भनी किटानी जाहेरी दिएकी थिइन् । युवतीको किटानी जाहेरीकै आधारमा प्रहरीले विवेक पंगेनीलाई पक्राउ गरेर जब’र्जस्ती कर’णी उद्योगमा मु’द्दा दर्ता गरेको थियो । प्रहरीमा बला’त्कार भएको भनी दिएको बयान अदालतमा पुगेपछि होइन भनी बयान दिएपछि अदालतले बयान फेरेकै आधारमा उनलाई कै’द सजा’य सुनाएको हो ।
घट’नास्थलमा गएको अवस्था पुष्टि भएको र निजले दिएको जाहेरीका आधारमा हालसम्म थुनामा रहेका प्रतिवादीले आफूलाई केही नगरेको भन्ने जाहेरवालाको बकपत्रका आधारमा प्रतिवादीलाई सफाइ दिने जिल्ला अदालतको फैसलामा उल्लेख छ । युवतीका साथमा गएका अन्य दुई जनाले भने जाहेरवाली र प्रतिवादी होटेलको कोठामा गई लामो समयसम्म बाहिर नआएपछि आफूहरू फर्किएको भनी अदालतमा बकपत्र गरेका थिए । आरोपित युवकले समेत आफूहरू होटेलमा बसेको तर क’रणीको प्रयास नगरेको बयान दिएका थिए ।
अदालतको फैसलासँगै अब ती युवतीले एक महिना कैद र प्रतिवादीलाई ६३ हजार क्षति’पूर्ति बापत तिर्नुपर्नेछ । प्रतिवादी युवक सात महिनादेखि अदालतको आदेशपछि जेलमा बसेको र प्रतिदिन ३ सय रुपैयाँको दरले हुन आउने बराबरको रकम उनलाई क्षतिपूर्ति भराउन अदालतले फैसला जारी गरेको छ ।
चितवनको रत्ननगर नगरपालिका–६ स्थित सौराहको नमुना भिलेज रिसोर्टको कोठामा गत २७ कात्तिकमा बला’त्कार गरेको भन्दै युवतीले गत १ मंसिरमा जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा प’क्राउ परेका स्थानीय विवेक पंगेनी चितवन जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि थु’नामा थिए । अदालतको फैसला चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्न पाउनेसमेत न्यायाधीश रावलले गरेको फैसलामा उल्लेख छ । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।