• २०८३ बैशाख २८ गते सोमवार

लकडाउनमा पनि पशुपति परिसरको अवस्था किन यस्तो ? जिम्मेवार पक्ष खै ?

अरुण प्रसाद सापकोटा पढ्न लाग्ने समय : २ मिनेट

जेठ २१, काठमाडौं । देवादी देव महादेवको मन्दिर गौशाला नजिक रहेको देवपतन क्षेत्रमा पर्छ, यो मन्दिरको आफ्नै धेरै पवित्रता र इतिहास छ । यो क्षेत्र विश्व संम्पदामा सुचि कृत भएको स्थान हो । यस क्षेत्रको हेर विचार र मर्मत संवार गर्ने जिम्मा पशुपति क्षेत्र विकास कोषको रहेको छ ।

तर अहिले लाग्छ विकास कोषको ध्यान यस क्षेत्रमा छैन । त्यसै कारणले गर्दा धेरै समस्यामा छ यस क्षेत्रमा, समस्या भएकै कारण होला हामी सबैको रक्षा पशुपतिनाथले गरुन भन्नु भन्दा हामी मिलेर पशुपतिनाथको रक्षा गरौँ भन्ने भएको छ ।

पशुपति विकास कोषमा धेरै आर्थिक सहयोग आँउछ विदेशी हिन्दु धर्मावलम्बीहरुले सक्ने सहयोग गर्छन तर त्यो सहयोग न पहिले उपयोग भएको थियो न अहिले भएको छ , लाग्छ विभिन्न सहयोग गर्ने दाताहरुले मात्र उद्घोष गर्ने काम गरेका छन , त्यसैको उपज अहिले यो क्षेत्र दयनिय छ । अब प्रश्न कसलाई गर्ने भन्ने दोधारमा छौँ हामी नेपाली जनता दातालाई प्रश्न गर्ने कि कोषलाई ? कमज़ोरी कस्को हो ?

त्यस क्षेत्रमा गुरु योजना अन्तर्गत काम पनि हुदै छ तर अवस्था देख्दा लाग्छ त्यो कार्य के ही भएको पनि थिएन र हुदा पनि हुदैन । जता हेर्यो फोहोर मैला छ । बाग्मति हेर्यो त्यसतै दुर्गन्धित छ । अन्य राष्ट्रमा लकडाउनको अवस्थाले गर्दा प्रकृति नाचिरहेको छ । खोला र ठुला नदीहरुमा पानी सफा छ, तर त्यसको विपरीत हाम्रोमा फोहोर भएको छ यो क्षेत्रको नदी दुर्गन्धित छ ।

त्यसैले यस्तो कुरामा सम्वन्धित निकायको ध्यान तुरुन्त जानु आवश्यक छ । चाँडो भन्दा चाँडो यो क्षेत्रलाई सफा र पवित्र राख्ने काम हुनुपर्छ । हाम्रो संस्कृति र हाम्रो धरोहरा हामीले जोगाउनु पर्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस