• २०८३ बैशाख ३१ गते बिहिवार

कोरोना भाईरसबाट वच्न घरमा सुरक्षीत रुपले बसौं : प्रदेश सभा सदस्य संग्रौला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २१, काठमाडौं । कोरोना भाईरस (कोभेड १९) संक्रमण रोकथाम नियन्त्रण अनुगमन तथा एकीकृत ब्यबस्थापन समितीको बैठक प्रदेश सभा सदस्य योगेन्द्र संग्रौलाज्युको संयोजकत्वमा बसेको छ ।

बैठकमा तारकेस्वर नगरपालिकाको नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्षहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, स्वास्थकर्मिहरु, सुरक्षाकर्मिहरुको उपस्थिति रकेको थियो । बैठकले नेपाल सरकारको नियम अनुसार लक डाउनलाई पुर्ण रूपमा पालना गर्ने गराउने कार्यमा सहयोग पुर्याउने र प्रदेश सरकार बाट बिनियोजित रकम तारकेस्वर, टोखा नगरपालिकाको निर्णय बमोजिम सम्पुर्ण वडामा राहत वितरण छिटो सुचारु गर्ने लगायतका कार्यमा महत्त्वपुर्ण निर्णय भएका छन ।

प्रदेश सदस्य संग्रौलाले कोरोना भाईरसबाट वचन सक्ने एक मात्र उपाय भनेको नै घरमा सुरक्षीत रुपले बस्ने भएकोले सबै नागरिकहरुलाई घरैमा बसेर लकडाउन लाई पुर्ण रुपमा पालना गर्नपनी आग्रह गर्नु भएको छ ।संकट को बेलामा हुन सक्ने कालोबजारी लाई ध्यानमा राखी यस्तो काम रोक्न र कार्बाहीको दायरामा ल्याउनका लागि नगरपालिका र सुरक्षाकर्मीहरु सङ्ग सल्लाह गरि रहनु भएको छ ।

प्रदेश सदस्य संग्रौलाले लकडाउनको समयमा आफ्नो क्षेत्रमा रहेका स्थानीय नेता, बुद्धिजिवि, समाजसेवी र वडाअध्यक्षहरु संग समस्याहरु र समाधान गर्नको लागि सल्लाह सुझाव को निम्ति पहलकदम गरि राख्नु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस