• २०८३ बैशाख २८ गते सोमवार

बेवारिसे मृत महिलाको शव पहिचानका लागि प्रहरीको अनुरोध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २१, भक्तपुर । भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ गठ्ठाघर स्थित सि.भि.एम. विद्यालय पछाडी हनुमन्ते खोलामा बेवारिसे भेट्टिएको मृत महिलाको शब पहिचानका लागि नेपाल प्रहरीले अनुरोध गरेको छ ।

हनुमन्ते खोलामा भेटिएको महिलाको शव पहिचान हुन नसकेकोले विगत १ महिना अवधिमा यहाँहरूको वडा एरियाबाट कोही महिला हराउनु भएको छ भने महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको हटलाईन नम्बर १०० वा नजिकको प्रहरी कार्यालयमा जानकारी दिई सहयोग गरिदिनुहुन महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले सबैमा अपिल गरेको हो ।

उक्त महिलाको शव २०७६ चैत १७ गते अन्दाजी दिउँसो पौने पाँच बजे भेटिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस