• २०८३ जेष्ठ २८ गते बिहिवार

नुवाकोटबाट १७ वर्षको युवती बलत्कार गर्ने पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २१, नुवाकोट, बेलकोटगढी न.पा वडा नं.०७ दुईपिपलको १७ वर्षिया युवती बलत्कार गर्ने सहचालक प्रकाउ परेका छन । रातिको ११ बजे भोजपुर पढुम्बा गा.पा वडा नं.०५ घर भई हाल दुईपिपल बस्ने २१ वर्षिय सत्य कुमार राईले त्रिशुली खोलाको बगरमा युवतीलाई बलत्कार गरेका हुन ।

नुवाकोटमा सहचालकका रुपमा काम गर्दै आएका उनले बिभिन्न प्रलोभन देखाई करणी सम्बन्धी कसुर गरेकोले उनलाई पक्राउ गरी कानुन बमोजिम सजाय दिलाई पाउ भनि पिडित युवतीको निवेदनका आधारमा पक्राउ गरिएको हो ।

उनलाई पक्राउ पछि नुवाकोट प्रहरी कार्यालयको हिरासत कक्षमा राखी थप अनुसन्धान कार्य भईरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस