पौष १८, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले माघ ९ गते हुने राष्ट्रिय सभा चसनावका लागि आफ्ना १६ उम्मेदवारहरुको टुंगो लगाएको छ। उम्मेदवार टुंगो लगाउने विषयमा बिहीबार सचिवालय बैठक बसे पनि नाम टुंगो लगाउन नसके पछि आज बिहानको बैठकले नाम टुगांएको हो । राष्ट्रिय सभाका १६ उम्मेदवारमध्ये पूर्वएमालेले ९ र पूर्वमाओवादीले ७ सिट राखेका छन्।
प्रदेश १ मा
१) महिलातर्फ इन्दु गौतम (पूर्वएमाले)
२) देवेन्द्र दाहाल (पूर्वएमाले)
३) दलिततर्फका गोपी अच्छामी (पूर्वमाओवादी)
प्रदेश २ बाट
१)महिलातर्फ उम्मेदवार तुलसा दाहाल (पूर्वएमाले)
२)दलिततर्फका राधेश्याम पासवान ( पूर्वमाओवादी)
प्रदेश ३ बाट
१) महिलातर्फकी उम्मेदवार गंगा बेलबासे (पूर्वमाओवादी)
२) बेदुराम भुसाल (पूर्वएमाले)
गण्डकी प्रदेशबाट
१) नारायणकाजी श्रेष्ठ (पूर्वमाओवादी)
२) महिलामा भगवती न्यौपाने (पूर्वएमाले)
प्रदेश ५ मा
१) महिलातर्फ विमला घिमिरे (पूर्वएमाले)
२) अपांग तथा अल्पसंख्यकतर्फका उम्मेदवार जगप्रसाद शर्मा (पूर्वमाओवादी)
३) गोपाल भट्टराई (पूर्वएमाले
प्रदेश ६ मा
१) मायाप्रसाद शर्मा आचार्य (पूर्वमाओवादी)
२) महिलाबाट सुमित्रा बिसी (पूर्वएमाले)
सुदूरपश्चिम प्रदेशबाट
१)तारामान स्वाँर (पूर्वमाओवादी)
२) महिलाबाट शारदा भट्ट (पूर्वएमाले)