मंसिर १७, तनहुँ । नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४ औँ महाधिवेशन तोकिएको अवधिमा नै हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले कांग्रेस विधि, नियम र पद्धतिमा चल्ने भएकाले तोकिएको मितिमै पार्टीको महाअधिवेशन हुनुपर्ने बताउनुभएको हो ।
प्रजातन्त्रको मूल मर्म भनेको आवधिक निर्वाचन र विधिको शासन भएकाले पार्टीलाई महाधिवेशनबाट नयाँ नेतृत्वबाटै डोहो¥याउन आफू लागिपरहेको उहाँको दावी थियो । कार्यक्रममा नेता पौडेलले राजतन्त्र, अधिनायकवाद र प्रतिगामी बाटोमा नेपाललाई जान नदिन पार्टीले सशक्त भूमिका निर्वाह गर्ने समेत प्रतिबद्धता जनाउनुभयो ।
साथै नेता पौडेलले राजावादीको नाममा भइरहेको प्रदर्शनलाईलक्षित गर्दै वरिष्ठ नेता पौडेलले नेपाल पुनः प्रतिगमनको बाटोतर्फ फर्कन नसक्ने टिप्पणी गर्नुभयो । नेपाल पुनः अन्धकारको बाटोमा जान सक्दैन, ठूलो सङ्घर्ष र बलिदानबाट आएको परिवर्तन खेर जान दिँदैनौ,” उहाँले भन्नुभयो, “त्यसका लागि काङ्ग्रेस जस्तोसुकै आन्दोलनका लागि तयार छ । मुलुकलाई प्रतिगामी बाटोतर्फ जान नदिने उद्घोष गर्दै वरिष्ठ नेता पौडेलले राष्ट्रिय स्वाभिमान रक्षाका लागि काङ्ग्रेस तयार रहेको बताउनुभयो । “राजतन्त्र र निरङ्कुशका दिनफर्किनेवाला छैन,” पौडेलले भन्नुभयो ।