• २०८३ जेष्ठ २१ गते बिहिवार

सोरु गाउँपालिकामा सोमबार बाट विद्यालय सञ्चालनमा

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

मंसिर १७, मुगु । लामो समयदेखि बन्द रहेका मुगुको सोरु गाउँपालिकाका विद्यालय आजबाट सञ्चालनमा आएका छन् । कोरोना भाइरसको संक्रमणको डरले बन्द रहेका विद्यालय आज मंसिर १५ देखि सञ्चालनमा ल्याउन निर्णय भएको गाउँपालिकाले निर्णय गरेको हो । मंसिर १२ गते बसेको गाउँ कार्यपालिकाको बैठको निर्णय अनुसार गाउँपालिमा भएका सम्पूर्ण विद्यालय सोमवारबाट खोलिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र मल्लले जानकारी दिए ।

उनका अनुसार नियमित रुपमा पठन पाठन सुरु गर्न सम्पुर्ण सामुदायिक बिद्यालयहरुका शिक्षक कर्मचारीलाई आआफ्नो बिद्यालयमा हाजीर भई बिद्यालय सञ्चालन गर्नको लागि पत्राचार गरिएको पनि अवगत गराए । गाउँ कार्यपालिकाको बैठकले आवश्यक स्वास्थ्य सर्तकताका सामाग्रीहरु माक्स, सेनिटाइजरको प्रयोग गरेर विद्यालय सञ्चालनमा ल्याउन सबै विद्यालय लाई पत्रचार गरेका छौं अधिकृत मल्लले भने भौतिक दूरी कायम गरेर सबै विद्यालय मंसिर १५ बाट सञ्चालनमा ल्याईएको उनको भनाई रहेको छ । बैठकले पालिका मार्फत वितरण गरिने सामाजीक सुरक्षा भत्ता अनिवार्य बैंक मार्फत मात्र भुक्तानी गर्नु पर्ने निर्देशन आएकाले ३ दिन भित्र सबै वडाका वडा सचिवलाई गाउँपालिकाको कार्यलयमा सम्पर्क गर्न निर्देशन समेत दिएको मल्लले जानकारी दिए ।

कोरोना संक्रमणको डरले सरकारको निर्णय अनुसार बन्द भएका मुगुका विद्यालयहरु प्छिल्लो पटक विद्याय सञ्चालनमा गर्ने अधिकारी स्थानीय तहलाई दिए पश्चात जिल्लाको कार्मारोङ गाउँपालिकाले आफू मातहतका विद्यालय सञ्चालन ल्याइ सकेको छ भने बाँकी गाउँपालिकाले आवश्यक मापदण्ड अपनाएर चाँडै सञ्चालनमा ल्याउने तयारी गरेका छन् । यसै बिच जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाका भित्रका विद्यालय यहि महिनाको १८ गते बाट खोल्ने निर्णय सोमवार बसेको नगरपालिकाको बैठकले यस्तो निर्णय गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस