कार्तिक १७, काठमाडौँ । अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूत युवराज खतिवडा र लोकदर्शन रेग्मीको २७ गते संसदीय सुनुवाइ हुने भएको छ । संसदीय समितिले उनीहरूलाई राजदूत नियुक्ति गर्न नपर्ने भए कारणसहित उजुरी आह्वान गरेको थियो । उनीहरूविरूद्ध चार वटा उजुरी परेका थिए ।
तर उजुरीकर्ताले सम्पर्क नम्बर दिएका थिएनन् । गत कात्तिक ३ गते समितिले उजुरीकर्तालाई सम्पर्कमा आउन आजसम्मको समय दिएको थियो। तर उजुरीकर्ता भने सम्पर्कमा आएनन् । समिति सभापति लक्ष्मणलाल कर्णले सुनुवाइको मिति कात्तिक २७ गतेका लागि तोकेका हुन् ।