• २०८३ कार्तिक ११ गते मङ्गलवार

तनहुँमा २६ फरार अभियुक्त पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कार्तिक १७, तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्‍न मुद्दाका फरार २६ व्यक्तिलाई आइतबार पक्राउ गरेको छ । प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका म्याग्दे गाउँपालिका ३ का ३१ वर्षीय अमृत भट्टराईलाई पक्राउ गरेको छ ।

साधारण चोरी मुद्दामा फरार रहेका जिल्लाको शुक्लागण्डकी नगरपालिका ३ का सन्तोष खंग र सोही नगरपालिका ९ का माइकल भन्‍ने सन्तोष गौतमलाई प्रहरीले पक्राउ गरेको छ । उनीविरुद्ध उच्च अदालत पाटनले २०७६ चैत २ गते सात दिन कैद र ६ लाख ६७ हजार रुपैयाँ जरिवाना हुने गरी फैसला गरेको भएको थियो । उच्च अदालतबाट तोकिएको कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका निज भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो । खंगविरुद्ध तनहुँ जिल्ला अदालतले २०७६ असार ८ गतेको फैसलाले दुई वर्ष दुई दिन कैद, २२ हजार पाँच सय रुपैयाँ जरिवाना र गौतमउपर दुई वर्ष दुई महिना चार दिन कैद र २२ हजार पाँच सय रुपैयाँ जरिवाना ठहर गरेको थियो । ती दुवै व्यक्ति अदालतबाट फैसलापश्चात तोकिएको कैद र जरिवाना भुक्तान नगरी फरार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । करकाप मुद्दामा फरार आठ, लिखत बेइज्जती मुद्दामा फरार छ, लागु औषध मुद्दामा फरार एक, गाली बेइज्जती मुद्दामा फरार दुई, जारी मुद्दामा फरार एक, नाता कायम मुद्दामा फरार एक, सम्बन्धविच्छेद मुद्दामा फरार एक र जारी मुद्दामा फरार एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जारी मुद्दामा तनहुँ जिल्ला अदालतको २०७१ मङ्सिर ७ गतेको फैसलाले जनही एकरएक महिना कैद र एक हजार रुपैयाँ जरिवाना तोकिएका भानु नगरपालिका ६ का विमल थापा मगर र उनकी पत्‍नी सञ्जु थापा मगर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी एकाइ कार्यालयहरुबाट पक्राउ गरी तोकिएको जम्मा चार वर्ष चार महिना १३ दिन कैद र सात लाख १६ हजार ६२० रुपैयाँ जरिवाना भुक्तानका लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस