• २०८३ बैशाख १८ गते शुक्रवार

दाङ प्रहरीले हजारौं लिटर घरेलु मदिरा समान जफत गरि नष्ट

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १७, दाङ  । घोराही उपमहानगरपालिका वडा नं. १८ फुर्सेकाली क्षेत्रवाट जाँड १ सय ४२ ड्रम नष्ट गरेको छ । जो लिटरमा मापन गर्दा झन्डै ४ हजार ५० लिटर हुन जान्छ ।

त्यस्तै प्रहरीले थप ४० लिटर घरेलु मदिरापनि नष्ट गरेको छ । साथै घरेलु मदिरा बनाउन प्रयोग हुने औषधी पाँच बोरा र घरेलु मदिरा निर्माण गर्न प्रयोग गरिने भाँडा आठ सेट बरामद गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

आउँदै गरेको तिहार लगाएत चाड पर्वलाई मध्यनजर गर्दै फुर्सेकाली क्षेत्रका विभिन्न व्यक्तिको घरवाट उक्त परिमानमा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरि नष्ट गरेको डिएसपी खड्काले बताए ।

घरेलु मदिरा उत्पादन तथा विक्रि वितरण तीव्र पारिएको भन्ने गोप्य सूचनाको आधारमा स्थानीयका घरहरुमा खान तलासी गर्दा ती सामाग्री बरामद भएको र त्यसपछि ती सामाग्री नष्ट गरिएको प्रहरीले बताएको छ । राज्यको नीतिमा घरेलु मदिरा उत्पादन तथा विक्रि वितरण गैरकानुनी मान्दै आएको छ । त्यसैले त्यसको उत्पादन र विक्रि वितरणमा समेत रोक लगाउँदै आइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस