• २०८३ बैशाख १० गते बिहिवार

देशभर कोरोना संक्रमित प्रहरीको संख्या ४ हजार ३ सय नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १६, काठमाडौँ । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ७८ जना पुगेको छ । संक्रमितमध्ये २ हजार ५६८ जना संक्रमणमुक्त भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार १ हजार ८१० जना प्रहरी उपचाररत छन् भने सक्रिय संक्रमित सबैको अवस्था सामान्य रहेको छ ।

सक्रिय संक्रमितमध्ये प्रहरी प्रधान कार्यालय अन्तर्गत ३१०, उपत्यकामा ६२६, प्रदेश नम्बर १ मा १४९, प्रदेश नम्बर २ मा १०४, बागमती प्रदेशमा १३३, गण्डकी प्रदेशमा १६४, प्रदेश नम्बर ५ मा १७१, कर्णाली प्रदेशमा ५२ र सुदूरपश्चिम प्रदेशमा १०१ जनाको उपचार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस