असोज ८, काठमाडौँ । उपत्यकामा आज हुने कार्यक्रमहरू ।।
१.नेपाल निजामती कर्माचारी युनियन (संघ) ले निजामती कर्माचारीहरूको आधिाकरिक ट्रेड युनियनको निर्वाचन नेपाल सरकार मन्त्री परिषद्को निर्णयले विनाकारण स्थगित गरेकोले तत्काल सुचारु गर्न दबाब स्वरुप मुख्यमन्त्रीको कार्यालय र जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने ।
स्थान :- देशभर (जिल्ला प्रशासन कार्यालय)
समय :- ११:०० बजे ।
२.सार्वजनिक लेखा समितिको बैठक बस्ने ।
स्थान :- समितिको सभाकक्ष,सिंहदरबार ।
समय :- ११:०० बजे ।
३. शिक्षा तथा स्वास्थ्य समितिको बैठक बस्ने ।
स्थान :- संघीय संसद सचिवालय,सिंहदरबार ।
समय :- ११:०० बजे ।
४.राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्ने ।
स्थान :- समितिको सभाकक्ष,सिंहदरबार ।
समय :- ११:३० बजे ।
५.राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन,अनुगमन तथा मुल्यांकन समितिको बैठक बस्ने ।
स्थान :- संघीय संसद सचिवालय,सिंहदरबार ।
समय :- १३:०० बजे ।
६.राष्ट्रिय सरोकार तथा सरोकार समन्वय समितिको बैठक बस्ने ।
स्थान :- दिगो बिकासको हल,सिंहदरबार ।
समय :- १३:१५ बजे ।
७.सोलिडारिटी फर डा.केसी अलायन्सले चिकित्सा शिक्षामा सुधार र आम नागरिकलाई सर्वसुलभ स्वास्थ सेवाको माग सहित १९ औं सत्याग्रहमा बस्नुभएका डाक्टर केसी को जीवन रक्षाको लागि दबाब स्वरुप शान्तिपूर्ण प्रदर्शन गर्ने ।
स्थान :- माइतीघर मण्डला ।
समय :- १७:०० बजे ।
८.त्रि.बि.बि शिक्षण अस्पताल महाराजगंजका पुर्व प्रा.डा.गोविन्द केसीले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा लगायतका माग राखी मिति २०७७/५/२९ गते देखी बसेको अनशन जारी रहेको । (हाल त्रिवि शिक्षण अस्पतालकाे NX1भबनकाे ५०१ नम्बर क्याबिमा उपचार गराइ रहेको ।)
९.संस्थागत बिधालय शिक्षक युनियन राष्ट्रिय समिति (ISTU) ले विभिन्न माग राखि असोज ५ गते देखि ९ गते सम्म सबै महानगरपालिका,उप-महानगरपालिका,नगरपालिका र गाउँपालिकाहरूमा ज्ञापनपत्र बुझाउने र प्याब्सन,एन प्याब्सनका सबै तहहरूमा स्मरण पत्र बुझाउने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।
१०.हाम्रो नेपाल हामी नेपाली अभियानले कुलमान घिसिङ्ग को पून नियुक्तिको लागि जन दबाब स्वरूप मिति २०७७/०५/२९ गते देखि हरेक दिन ५ मिनेट बत्ति निभाएर एकेबद्धता जनाउने ।
स्थन :- देशभर ।
समय :- २०:०० बजे देखि २०:०५ बजे सम्म ।
११.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।