• २०८३ बैशाख १३ गते आइतवार

गजल ! “जनता र सरकार मिलेर जितौँ कहर लाई”

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जनता र सरकार मिलेर जितौँ कहर लाई,
कोरोना मुक्त गराउँ अब गाउँ र सहर लाई।

जसरी तसरी बसौँ घरमै नघुमौँ यता उता,
केहि दिनका लागि त्यागौँ घुम्ने रहर लाई।

सबैका साथ र सहयोगले जीत्न सकिन्छ,
आई परेको भयङ्कर बिदेशी जहर लाई।

बनौ शूर्य चन्द्रमा यो देशका नागरीक हरु,
अन्धकार हुँनबाट जोगाउँन दोपहर लाई।

जोगौनुछ यो देशको गरिमा सदियौँ हामी,
पुर्वजको देन चौतारीकै पिपल बहर लाई।

रोकौँ यो देशका बिर बहादुर सिपाही हौँ,
बतासले उब्जाएको आँसु को नहर लाई।
सुरेशकुमार पान्डे

Sharing

प्रतिक्रिया दिनुहोस