साउन १८, काठमाडौँ । गत शुक्रबार संक्रमण पुष्टि बग्गीखानामा कार्यरत दुई प्रहरी कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले त्यहाँ कार्यरत एसएसपीदेखि ट्राफिक प्रहरी जवानलाई क्वारेन्टाइनमा राखिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भिमप्रसाद ढकालका अनुसार अहिले ३७५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
सेवाग्रहीदेखि अन्य प्रहरीलाई समेत महाशाखामा आवतजवात गर्ने निषेध गरिएको र क्वारेन्टाइनमा रहेका प्रहरीको ट्रेसिङ गरेर पीसीआर परीक्षणको तयारी भइरहेको छ । पछिल्लो समय ड्युटीमा खटिएका प्रहरीमा कोरोना संक्रमणको दर बढेर गएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरीमा कोरोना पुष्टि भइसकेको छ ।