• २०८३ जेष्ठ ८ गते शुक्रवार

इटालियन सिरी ए च्याम्पियनमा युभेन्टस पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १८, एजेन्सी । शनिबार राति सिजनको आफ्नो अन्तिम लिग खेलमा क्रिस्टियानो रोनाल्डो बिना मैदानमा उत्रेको युभेन्ट्स रोमासँग ३(१ ले पराजित भएको हो ।घरेलु मैदान भएको खेलमा पाँचौ मिनेटमा नै हिगुआइनको गोलबाट युभेन्टसले अग्रता बनाएको थियो । २३औं मिनेटमा निकोलाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

४४औं मिनेटमा डिएगो पेरोट्टीले पेनाल्टीमार्फत गोल गर्दै रोमालाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । डानिलोले रिकार्डो कालाफिओरीलाई पेनाल्टी बक्समा फल गरेपछि रोमाले पेनाल्टी पाएको थियो । ५२औं मिनेटमा पेरोट्टीले व्यक्तिगत दोस्रो तथा टोलीका लाग तेस्रो गोल गर्दै रोमालाई ३–१ को जित दिलाए । तीन खेल अगावै च्याम्पियन बनेको युनेन्टसले खेलपछि यो सिजनको ट्रफी उचालेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस