• २०८३ जेष्ठ १७ गते आइतवार

मस्जिद र मदरसाहरुको अनुगमनमा तिब्रता, नरैनापुरमा ५६ जनाको स्वाब संकलन

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

बैशाख २०, बाँके । नेपालका विभिन्न मस्जिद÷मदरसाहरूमा बसेका मुस्लिम समुदायका व्यक्तिहरुमा कोरानाको संक्रमण देखिएसँगै विभिन्न खाले टीकाटिप्पणी हुन थालेपछि राष्ट्रिय मुस्लिम आयोगले अनुगमनलाई तिब्रता दिएको छ । शुक्रबार बाँकेको नरैनापुर गाँउपालिकामा रहेको मस्जिद र मदरसाहरुको स्थलगत अनुगमन गरिएको हाे ।

मुस्लिमहरुको रमजानमा लकडाउन पालनाबारे धर्म गुरु र सर्वसाधारणलाई जानकारी गराईएको छ । नरैनापुर गाँउपालिका अध्यक्ष इस्तीयाक अहमद शाहले मुस्लिम आयोगले सुरु गरेको अनुगमन प्रभावकारी र लकडाउनको पालना गराउन महात्वपूर्ण भूमिका निर्वाह गर्ने बताउदै उहाँले अनुगमन टोलीलाई आवश्यक सहयोग गर्ने बताउनु भयो । उहाँले भारतबाट आएकाहरुलाई क्वारेन्टाईनमा राखीएको जानकारी गराउनु भयो ।

मुस्लिम आयोगको अनुगमन समितिका संयोजक पूर्व सविधान सभा सदस्य हाजी अब्दुल हमीद सिद्धिकिीले नरैनापुरका मस्जिद र मदरसाहरुको अनुगमन गर्दा मस्जिदमा २ जना भन्दा बढी व्यक्तिहरु नपाइएको र मस्जिद रहेकाहरु अधिकाश नेपाली नागरिक भएको जानकारी दिनु भयो ।

उहाँले नरैनापुर गाँउपालिका भित्र ३० वटा मस्जिद रहेको बताउदै मस्जिद भित्र बस्ने र गाँउका नागरिकहरुलाई लकडाउनको पालना गर्न र कोरोना परिक्षण गराउन आग्रह गर्नु भएको थियो । ।

अनुगमनमा नरैनापुर गाँउपालिका अध्यक्ष इस्तीयक अहमद शाह, समितिका सदस्य एंव थर्ड एलायन्सका प्रमुख आलम खान, सदस्य एंव हज समितिका सदस्य मेराज अहमद हल्वाई, नेपालगंज उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष एंव अनुगमन समितिका समन्वयकर्ता मोहम्मद सफिक बेहनाको टोलीले अनुगमनमा मस्जिदमा नमाजमा चार जना मात्र सहभागी हुने गरेको र लकडाउनको पूर्ण पालना गरेको पाइएको जनाइएको छ ।

सदस्य मेराजले, जमातीहरु लुकेर बसेका छन वा छैनन् र लकडाउनका कारण मुस्लिम समुदायमा परेको समस्याका बिषयमा जानकारी लिएका छौँ”, उहाँले भन्नुभयो, लकडाउनको अवधी भरी घरमा नै बसेर नमाज पढन सुझाव दिनु भएको थियो ।

यसैगरी नरैनापुर गाउँपालिकामा आज ५६ जनाको स्वाब संकलन गरिएको छ । त्यहाँ रहेका मस्जिद र मदरसाका ३१ जना मौलाना, मन्दिरका ७ जना पुजारी तथा क्वारेन्टाइनमा रहेका १५ जना, क्वारेन्टाइनका २ जना स्वास्थ्यकर्मी र सहयोगी १ जना गरी ५६ जनाको स्वाब संकलन गरिएको गाउँपालिकाका अध्यक्ष शाहले बताउनुभयो ।

संकलन गरिएको स्वाब परिक्षणका लागि भेरी अस्पताल पठाइएको छ । मुस्लिम आयोगद्वारा गठित जिल्ला स्तरीय अनुगमन समितिको नेतृत्वमा गएको स्वास्थ्यकर्मी सहितको टोलीले कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको अनुगमनमा सहजीकरण गर्ने जिम्मेवारी पाउनुभएका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले जानकारी दिनुभयो ।

यस्तै अनुगमन समितिले नेपालगंजमा रहेको मदिना मस्जिद र दारुल उलुम फैजुन नबी जामा मस्जिदको समेत अुनगमन गरेको समितिका सदस्य आलम खानले जानकारी दिनु भयो । उहाँले जिल्लामा रहेका सबै मस्जिदहरुको अनुगमन गरिने बताउनु भयो । अनुगमन टोलीलाई वडा अध्यक्ष बेहनाले एन ९५ मास्क प्रदान गर्नु भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस