पौष, १७ काठमाडौं । दाङको घोराही उपमहानगरपालिका प्रगतिटोल बडराबाट रोल्पा परिवर्तन गाउँपालिका-५ राङकोट घर भएका ३४ वर्षीय राजकुमार दमाईलाई कटुवा पेस्तोल १ थान र सो को गोली १ थान सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही उपमहानगरपालिका-१५ बीपी चोक बस्ने ४८ वर्षीय पुरुषलाई धम्की दिई १३ लाख रुपैयाँ चन्दा मागेको र पीडितले ३ लाख रुपैयाँ लिएर राजकुमारलाई भेट्न प्रगितिटोल बडरा गएको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पिछा गर्दै उक्त हतियार र लु.५६ प ८०६७ नम्बरको मोटरसाइकलसहित फेला पारी राजकुमारलाई पक्राउ गरेको हो ।