पौष १७ ,इलाम । इलाम नगरपालिका-१ लिङलिमा टोल बस्ने ३५ बर्षीय कृष्ण बहादुर राईको लडेर मृत्यु भएको छ ।
आज बिहान ०८ बजे घर नजिकै खेतमा रहेको बाँसमा चढी घाँस काट्ने क्रममा एक्कासी लड्दा राईको घटनास्थलमै मृत्यु भएको भनि आफन्तले ईलाका प्रहरी कार्यालय मंगलबारेमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।