• २०८३ कार्तिक १९ गते बुधवार

अक्षय र करिनाको ‘गुड न्यूज’ सय करोड क्लबमा

पढ्न लाग्ने समय : १ मिनेट

पौष, १७ काठमाडौँ । बलिउड नायक अक्षय कुमार  नायीका करीना कपूर अभिनीत फिल्म ‘गुड न्यूज’ पनि सय करोड क्लबमा प्रवेश गरेको छ ।

डिसेम्बर २७बाट रिलिज भएको फिल्मले छैटौ दिनमा सय करोडको आँकडा पार गरेको हो । उक्त फिल्मले वुधबार नयाँ बर्षको बिदाको दिन भारतीय बक्स अफिसमा २२.५० करोडको व्यापार गरेको छ । त्यस्तै  शुक्रबार १७. ५६ करोड, शनिबार २१.७८ करोड, आइतबार २५.६५ करोड, सोमबार १३.४१ करोड, मंगलबार १६.२० करोड र वुधबार २२.५० करोडको व्यापार गर्यो । योसँगै फिल्मको व्यापार ६ दिनमा ११७ करोड पुगेको छ ।

करण जोहरको निर्माणमा तयार भएको यो फिल्मले सन्तान प्राप्तीका लागि दौडिएका २ जोडीको कथा भन्छ । डिसेम्बर २० मा रिलिज भएको नायक सलमान खान अभिनित चलचित्र ‘दबंग ३’ले बक्स अफिसमा १४० करोडको व्यापार गरिसकेको छ । तर, यो चलचित्र सुपरहिट भने हुन सकेन ।

Sharing

प्रतिक्रिया दिनुहोस