• २०८३ बैशाख २६ गते शनिवार

दुई समूहबीच झडपस् एक जनाको मृत्यु, ८ घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १६, बाँके । जिल्लाको जानकी गाउँपालिका–५ स्थित बानियागाउँमा दुई समूहको बीचमा झडप हुदा ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सोमबार साँझ पूर्णिमाको अवसरमा लागेको मेलामा ‘पुरानो विषय’लाई लिएर दुई समूहबीच विवाद भएको थियो । दुई समूहबीच हानाहान हुँदा गम्भीर घाइते भएका धनिरामको उपचारको क्रममा नेपालगञ्ज नरसिंह कलेजमा निधन भएको हो ।

झडपमा ८ जना घाइते भएका छन् । घाइतेहरुको भेरी अस्पताल र नेपालगञ्ज नरसिंह कलेजमा उपचार भइरहेको छ । झडपमा सहभागी १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस