• २०८३ बैशाख १९ गते शनिवार

कृषि विकास बैकको ठगि गर्ने पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर १६, काठमाडौं । कृषि विकास बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखि रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार रहेका खम्ब घलेलाई प्रहरीले पक्राउ गरेको छ ।

धादिङ रुबिभ्याली गाउँपालिका वडा नं.१ का ५४ वर्षिया उनले कृषि विकास बैंक मुख्य कार्यालय तथा शाखा कार्यालय न्यूरोड काठमाण्डौ समेतबाट अपराधिक समुहका ब्यक्तिहरुले संगठित रुपमा बैंकको वित्तिय प्रणालीमा अनाधिकृत पहुँच राखि विभिन्न व्यक्तिहरुको खातामा रकम रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानी नोक्सानी पु-याउने कार्यमा संलग्न रही फरार रहेका थिए । उनलाई महाशाखाबाट खटिएको टोलीले उनलाई मंसिर १४ गते बेलुका काठमाण्डौको स्वयम्भुबाट पक्राउ गरेको हो । उनलाई संगठित अपराध समेतका कसूरमा आवश्यक कारवाहीको लागि काठमाण्डौ जिल्ला अदालतमा पठाईएको प्रहरीले जनाएको छ ।

उनले यस अघि मिति २०७६ असोजमा कृषि विकास शाखा कार्यालय न्यूरोडमा सुनिता श्रेष्ठको खातामा जम्मा रु. ४९,५०,०००।– रकमान्तर भएको रकमबाट रु .९,५०,०००।– भुक्तानी लिएको, श्रवन कुमार श्रेष्ठको खातामा रकमान्तर गर्न रु. २०,००,०००।– को चेक पेश गरेको अवस्थामा शंका लागि सिस्टम चेक गर्दा सुनिता श्रेष्ठ समेतका ब्यक्तिहरुको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा अपराधिक व्यक्तिहरुको समुहले बैंकको वित्तिय प्रणालीमा अनाधिकृत पहुँच राखि जम्मा रु. ४,८८,४६,०००।– रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानी नोक्सानी पु-याएको भन्ने सूचना प्राप्त हुन आई महाशाखाबाट उक्त घटनाको अनुसन्धान गर्दा श्रवन कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जा समेतलाई पक्राउ गरी उनिहरुलाई संगठित अपराध समेतका कसूरमा अनुसन्धान कारवाहीको लागि परिसर काठमाण्डौ पठाईएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस