• २०८३ बैशाख ७ गते सोमवार

ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १६, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२ लक्ष्मीपुरमा टयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टयाक्टर चालक स्थानीय ४० वर्षीय राम मनोहर साह रहेका छन् ।

लक्ष्मीपुरबाट धान बोकेर वीरगञ्ज आउँदै गरेको लु ३ त १२१६ नम्बरको ट्याक्टर चन्द्रवाती खोलाको पुलकै छेउमा आइतबार बिहान साढे १० बजे दुर्घटनामा परेको थियो । पुल छेउको उकालो चढ्दै गर्दा अनियन्त्रित भई ट्याक्टर खोल्सामा खसेको थियो । सोही क्रममा ट्याक्टरले च्यापिएर चालक साहको मृत्यु भएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस