• २०८३ बैशाख ६ गते आइतवार

बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १६, बाँके । बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कैलालीको टीकापुर१ का ६० वर्षीय पुरूषको आज बिहान मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएर कात्तिक १३ गते अस्पतालमा भर्ना भएका ती पुरूषको १५ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार नआएर बिहान १ बजे मृत्यु भएको बाँकेको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । यस्तै बाँकेमै अर्का एक संक्रमितको पनि मृत्यु भएको छ ।

दाङ तुलसीपुर १८ का कोरोना संक्रमित ७० वर्षीय वृद्धको मृत्यु भएको श्रेष्ठले जानकारी दिए । ती वृद्धको शनिवार दिउँसो नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा मृत्यु भएको हो । उनी कात्तिक १३ गते अस्पतालमा भर्ना भएकोमा १४ गते कोरोना पुष्टि भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस