• २०८३ बैशाख १६ गते बुधवार

नेपालमा कहाँ कति थपिए कोरोना संक्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १६ , काठमाडौँ। थप १ हजार ६९ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४० हजार ५ सय २९ जना पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना संक्रमित रहेका छन् ।

यस्तै रुपन्देहीका ९१ जना, सुनसरीका ५६, चितवनका ४५, बझाङका ४०, बाँकेका ३३, लमजुङका ३२, डोटीका २४, कैलालीका २०, सर्लाहीका १९, नवलपुरका १५, झापाका १४, गुल्मी र अछामका १३-१३ जना, मोरङ र बैतडीका १२-१२ जना तथा धनुषा, दोलखा र धादिङका ११र११ मा संक्रमण पुष्टि भएको छ ।

अर्घाखाँचीका ९ जना, काभ्रे र गोरखाका ८-८ जना, कपिलवस्तुका ७, मकवानपुर र सिन्धुलीका ६-६ जना, रौतहट र तनहुँका ५-५ जना, कास्की, नवलपुर र कञ्चनपुरका ४-४ जना, ओखलढुंगा, खोटाङ, महोत्तरी, नुवाकोट, रामेछाप, जुम्ला, दैलेख र डडेलधुराका २-२ जना तथा उदयपुर, पाँचथर, सप्तरी, सिन्धुपाल्चोक, रसुवा, पर्वत, पाल्पा, प्युठान, रुकुम पश्चिम, सल्यान र सुर्खेतका १-१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज ७६८ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २२ हजार १ सय ७८ जना रहेको छ । आज ११ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या २ सय ३९ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस