• २०८३ बैशाख २५ गते शुक्रवार

उपत्यकाको निषेधाज्ञा थप्नेबारे आज निर्णय हुँदैन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १६ , काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकामा जारी निषेधाज्ञा थप्नेबारे मंगलबार कुनै निर्णय नहुने बताएका छन् ।हाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहाल, ललितपुरका नारायणप्रसाद भट्टा र भक्तपुरकी हुमकला पाण्डेबीच भर्चुअल बैठक जारी छ । ‘निषेधाज्ञाकै विषयमा हामी छलफल गरिरहेका छौं’, दाहालले भने, ‘यद्यपि, निषेधाज्ञाबारे निर्णय बुधबार मात्रै हुनेछ ।’

उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेको भन्दै तीन प्रमुख जिल्ला अधिकारीले एक साता निषेधाज्ञाको आदेश जारी गरेका थिए । तर पुनः ७ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस