• २०८३ जेष्ठ २१ गते बिहिवार

घोडाघोडी नगरपालिका सामुदायिक बिद्यालयमा बेथिति ,

चर्को शुल्क असुली देखि बिद्यार्थीका शैक्षिक प्रमाणपत्र नहेरी भर्नासम्म
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन १७, कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाका सामुदायिक विद्यालयमा बिभिन्न बाहानामा चर्को शुल्क असुली हुन् थाले पछि अभिभाबकले बिरोध जनाएका छन। अंग्रेजी माध्यममा पढाउने बाहाना बनाइ बिद्यार्थीबाट रकम असुली हुन थाले पछि राउमा बि सुखडका अभिभाबकले साउन ७ गते नगरपालिकामा अनुगमन र नियमनको लागि निबेदन नै दिएका थिए।

नेपाल सरकारले माध्यामिकसम्मको शिक्षा निशुल्क हुने घोषणा गरेपनि घोडाघोडी नगरपालिका केहि विद्यालयले प्रवेश शुल्क, भर्ना र मासिक शुल्क निजिको भन्दा महँगो शुल्क असुली गरेको एक अभिभाबकले बताए । सुख्ख्ड स्थित रास्ट्रीय माबिले भर्ना शुल्क बाफत ३००० र कक्षा ९ को मासिक शुल्क ९०० असुली एक बिद्यार्थीले बताए । यसैगरी साडेपानि स्थित दसरथ माबिले अंग्रेजी माध्यममा पढाइ हुने भन्दै बिद्यार्थी बाट प्रवेश शुल्क १००० असुलेको अभिभाबकले आरोप लगाएका छन्। नेपालको शिक्षा ऐन र नेपालको संबिधानमा प्रत्येक नागरिकले माध्यामिक शिक्षा सम्ममा निशुल्क हुने नेपाल सरकारले नीतिगत ब्यबथा गरेपनि घोडाघोडी नगरपालिका सामुदायिक बिधाललाइ यो ऐनले कुनै बाधा गर्दैन। शुल्क असुली सम्बन्धी बुझ्न खोज्दा राउमाबि का प्र अ को फोन संपर्क हुन सकेन तर लेखापालसंग बुझ्दा उहाले सहयोग शुल्कको नाममा भर्ना हुने बेला २००० प्रति विद्यार्थी असुलेको बताए ।

यसैगरी साडेपानि स्थित दसरथ माबि नमुना विद्यालयका प्र अ सरद मल्लले प्रति बिधार्थी १५०० देखि २००० सम्म लिने गरेको बताउनु बताउनु भयो। नेपालको शिक्षा ऐन परिच्छेद न १५ मा विद्यार्थी भर्ना र कक्षा चढाउने सम्बन्धि ब्यबस्थामा प्रस्ट रुपमा उल्लेख गरे अनुसार अर्को विद्यालय वा माथिल्लो कक्षामा भर्ना गर्नेको लागि तल्लो कक्षाको लब्धाङ्क र स्थानान्तरण प्रमाण पत्र आवस्यक पर्दछ तर घोडाघोडी नगरपालिका सामुदायिक विद्यालयले ति प्रमाण पत्र विद्यार्थी संग नमागेको अभिभावक आरोप छ।

Sharing

प्रतिक्रिया दिनुहोस