• २०८३ बैशाख १५ गते मङ्गलवार

कर्णालीमा कोरोना संक्रमित संख्या २३३ पुग्यो

भावना हमाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १९, सुर्खेत । कर्णाली प्रदेशमा सोमबार थप ३५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका ३५ जनामध्ये सुर्खेतका १६ जना, दैलेख र सल्यानका ९र९ जना र अछामका एकजना रहेको स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

संक्रमित हुनेहरुमा सुर्खेतको लेकवेशी नगरपालिका वडा नं। १, २, ३, र ५ का १२ जना, पञ्चपुरी नगरपालिका वडा नं। १० का एकजना, भेरीगंगा नगरपालिका ११ का तीन जना छन् । लेकवेशी नगरपालिका(१ की ८ वर्षीया बालिका र भेरीगंगा नगरपालिका ११ का ४ वर्षीया बालकमासमेत संक्रमण देखिएको छ।

दैलेखको नारायण नगरपालिका वडा नं। १, ३ र ८ का ७ जना, चामुण्डा बिन्द्रासैनी नगरपालिका ७ का एकजना, नौमुले गाउँपालिका २ का एकजना पुरुष रहेका छन् । त्यस्तै सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं। ३, ४ र ६ का ९ जना पुरुष रहेका छन् भने अछाम चौपाटी गाउँपालिका २ का एक रहेका छन् ।

नयाँ पुष्टि भएकाहरूसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २३३ पुगेको छ । सोमबार बिहान मात्रै सुर्खेतमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस