जेष्ठ १९, मुगु । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाँउपालिकाले पछिल्लो समय भारतबाट आएका खत्याडबासिलाई तरकारी फलाउन प्रयोग गर्ने पलास्टिकको पालको क्वारेन्टाईन बनाई पशु चौपाया राख्ने पाटन क्षेत्रमा राखेपछी भने आलोचनामा भएको छ । आफना गाँउपालिकाका स्थानियबासिलाई उद्धार गरी घर ल्याउदा कोरोना भाईरस सक्रमण हुन सक्ने भन्दै रोकथाममा तथा नियन्त्रणका लागी आफना स्थानियबासिलाई हाल बसेकै स्थानमा राहत उपलब्ध गराई उदारणीय काम गरेको थियो ।

खत्याड गाँउपालिकाले भारत तथा अन्य स्थानबाट आएका खत्याडबासिलाई क्वारेन्टाईनमा राख्नकालागी गाँउपालिकाले १० स्थानमा क्वारेन्टाईन स्थापना गरेको छ । १० स्थानका क्वारेन्टाईन मध्य सोही गाँउपालिका —५ हलेखाडा र छोटेमा स्थापना गरिएको क्वारेन्टाईन बर्षायाममा भेडा बाख्रा राख्ने पाटन क्षेत्रमा पर्दछन । सुने अनुसारको क्वारेन्टाईनको नभई पाटनमा जसरी भेडा बाख्रा राख्ने गरिन्छ त्यसरीनै भेडा बाख्रा जस्तै बस्नु परेको । क्वारेनटाईनमा बसेकाहरुले दुखेसो पोखे । समुन्द्रि सतहबाट अन्दाजी २ हजार ६ सय मिटर उचाईमा रहेको हलेखाडा र छोटेमा स्थापना गरिएका क्वारेन्टाईनहरु तरकारी खेतिकालागी प्रयोग गरिने प्लास्टिकले निमार्ण गरिएका पालमुनी हलेखाडामा ४८ र छोटेमा १ सय १९ जनालाई राखिएको छ ।

एक प्लास्टिकको पालमुनि २० देखि २५ जना भारतबाट फर्केका खत्याडबासिलाई राखिएको छ । पाटन क्षेत्रको भु भाग आकासमा बादल देखिन बित्तिकै पानी परिहाल्छ । आगो ताप्नकालागी जङ्गलबाट दाउरा समेत ल्याउन दिदैनन, दुधे बालबालिका समेत छन । चिसो भुईमाथी सुत्नु पर्दा कोरोनाको संक्रमण भन्दा चिसोले ज्यान जाने खतरा छ । हेल्प डेक्सको ब्यवस्था छैन । क्वारेन्टाईनमा बसे देखि कसैको पनी तापक्रम नापिएको छैन । आरडिटी र पिसिआर परिक्षण समेत कहिले हुने हो कुनै जानकारी छैन । शाैचालय र खानेपानीको झन समस्या छ । सरसफाईका सामग्री कुनै उपल्बध गराएको छैन, बिहान बेलुका एक छाक भात खान पाईएको छ । पशु चौपाई त गोठमा राखिन्छ पाटन क्षेत्रको चिसो खुल्ला आकास पलास्टिकको पालमुनी राखिएको छ । पशु चौपाया भन्दा तल्लो ब्यहोहार गरेर पाटनमा राखिएको भारतको नैनितलबाट फर्किएका खत्याड गाँउपालिका—३ का रविन बानियाँ बताउनु हुन्छ ।
क्वारेन्टाईनमा चाहिने आबश्यक सरसफाईका सामग्री केही उपल्बध भएको छैन । सबै भन्दा खानेपानीको समस्या छ । क्वारेन्टाईन ब्यवस्थापनको जिम्मा पाएका युवाहरुलाई समेत मास्क ,सेनिटाईजर लगाएत अन्य सामग्री नपाउदा ब्यवस्थापनको जिम्मा लिएका युवाहरु समेत जोखिम मोलेर क्वारेन्टाईनमा बसेकाहरुको ब्यवस्थापन गर्नु परेको हलेखाडा ब्यवस्थापन समितिका संयोजक कल बहादुर रोकाया बताउछन ।