जेठ १९, बाँके । बाँकेको ठुरिया जंगलमा हाइस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । भारतका विभिन्न शहरबाट आएका नेपाली नागरिकलाई भारतको रुपैडिहा बजारबाटै हाइसमा राखेर सल्यानतर्फ जाँदै गरेको हाईस बाँकेको ठुरिया जंगलमा दुर्घटना हुँदा ११ जनाको घटना स्थलमा र १ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

ना ५ ख ५९९५ नम्बरको हाइस बाँकेको राप्ती सोनारी गाउँपालिका २ स्थित ठुरिया जंगलमा दुर्घटना हुँदा २१ जना घाइते भएका हुन । आइतबार राती बा ४ ख ९०६४ नम्बरको रोकिएको ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाईतेहरूको नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको भेरी अस्पताल नेपालगन्जले जनाएको छ । हाइसमा ३३ जना यात्रु सवार रहेका थिए ।