• २०८३ जेष्ठ ८ गते शुक्रवार

रोल्पाका मृतकप्रती मुख्यमन्त्रीद्धारा समवेदना प्रकट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैसाख १९, बुटबल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गैरीगाउँमा भएको बम बिस्फोटको घटनाले स्तब्ध बनाएको बताउनु भएको छ ।

मुख्यमन्त्री पोखरेलले बिज्ञप्ति जारी गर्दै बम बिस्फोटमा परि ज्यान गुमाउने बालबालिका प्रती श्रद्धान्जली व्यक्त गर्नु भएको छ । मुख्यमन्त्री पोखरेलले सशस्त्र द्वन्द्वका कारण बेलाबखत यस्ता दुर्घटना हुने गरेको उल्लेख गर्दै कुनै शंकास्पद वस्तु देखिएमा नचलाउन र शंकास्पद ठाउँका बारेमा सुरक्षा निकायलाई जानकारी दिन आग्रह समेत गर्नु भएको छ ।

बिहिबार साझ वनमा बाख्रा चराएर घर फर्कदै गर्दा बम विष्फोटमा परि चार जनाको निधन भएको थियो । निधन हुनेमा ५ वर्षका विजय खत्री, ११ वर्षकी विमला खत्री, १३ वर्षका गौरव नेपाली र १४ वर्षका नोखीराम डाँगी रहेका थिए ।

घटनाको बारेमा जानकारी लिन र पीडित परिवारलाई समवेदना दिन प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी घटनास्थल गएका छन् । बम विष्फोटमा परेका बालबालिकाका परिवारलाई राहत दिन प्रदेश सरकारले संघीय सरकारलाई सिफारिश गर्ने जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस