चैत १७, पर्सा । वीरगंज म.न.पा.-१५ स्थित बसपार्कबाट भारत कलकत्ता सिदरपुरका ३० वर्षीय सहनबाज अब्दुललाई करिब १९ किलो अवैध लागूऔषध चरेश सहित प्रहरीले पक्राउ गरेको छ ।
सो ठाउँमा ड्युटीमा खटिएको प्रहरीले ना.५ ख ५७६१ नम्बरको बसबाट ओर्लदै गरेका अब्दुलले बोकेको झोलामा उक्त लागूऔषध चरेश फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।