• २०८३ जेष्ठ २९ गते शुक्रवार

दुई राप्रपाबीच पार्टी एकता, आज हस्ताक्षर हुँदै

पढ्न लाग्ने समय : १ मिनेट

खगेन्द्र भण्डारी ,काठमाडौं : पशुपति शमशेर राणा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच भोली पार्टी एकीकरण हुने निश्चित भएको छ। आज राणा र लोहनीले पार्टी एकताको सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रम छ।

आज दिउँसो राप्रपा प्रजातान्त्रिकको पार्टी कार्यालय चावहिलमा दुबै पार्टीको केन्द्रीय पदाधिकारीको संयुक्त बैठक बस्ने र सोही बैठकमा दुबै अध्यक्षले पार्टी एकतामा हस्ताक्षर गर्ने राप्रपा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए। ‘पार्टी एकताको सबै तयारी सकिएको छ, आज दुबै दलको संयुक्त बैठक बसेर पार्टी एकतालाई अन्तिम रुप दिने कार्यक्रम छ’, प्रवक्ता गुरुङले भने, ‘सबै नेताहरुको उपस्थितिमा दुबै अध्यक्षले पार्टी एकताको सहमतिमा हस्ताक्षर गर्नुहुनेछ।’

दुई पार्टीका शीर्ष नेतृत्वबीच लगातारको छलफलपछि पार्टी एकताको मिति टुंगो लागेको हो। एकीकृत पार्टीमा दुबै अध्यक्ष रहने गरी सामूहिक नेतृत्वको प्रणाली अवलम्बन गरिएको छ भने राजासहितको प्रजातन्त्रलाई पार्टीले आत्मसात गर्ने गुरुङले जानकारी दिए। 

दुई पार्टीबीच भोली काठमाडौंको राष्ट्रिय सभागृहमा एकता घोषणा हुनेछ। यसअघि कमल थापा नेतृत्वका राप्रपासहित तीन वटै राप्रपाधारका दलहरुबीच एकता हुने चर्चा भएपनि नेतृत्व र पार्टीको सिद्धान्तका विषयमा कुरा नमिल्दा एकता भाँडिएको थियो। annapurnapost बाट साभार

Sharing

प्रतिक्रिया दिनुहोस