मंसीर १४, रोल्पा । रोल्पाको थवाङ १ मा नेकपाका उम्मेदवार विजयी भएका छन । आज भएको उपनिर्वाचनको मत गणना भर्खरै सकिएको हो । जसअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जनकबहादुर बुढाले १७४ मत ल्याएर थवाङ १ को अध्यक्षमा निर्वाचित भएको खबर24नेपालका समाचार प्रमुख विमल डाँगीले जानकारी दिएका छन ।
